जेठ ०१, २०८१, मंगलबार
               

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । 

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए । गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे ।

भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताइन् । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैं सकारात्मक रहेको पनि बताइन्। 


कस्तो लाग्यो ?

यो पनि