जेठ ०६, २०८१, आइतबार
               

चेक बाउन्सको मुद्दामा ६ दिन कैद सुनाइएका व्यक्ति पक्राउ

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भइ फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भई काठमाडौं टोखा बस्ने ४२ वर्षीय चिरायु खालिङ छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महालक्ष्मीस्थानबाट शनिबार पक्राउ गरेको हो ।

उनलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले गत फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसला कार्यान्यवनका लागि उनलाई अदालतमा बुझाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि