बैशाख २४, २०८१, सोमबार
               

इजरायल रोजगार : १२ दिनमा चार गुणाभन्दा बढीको आवेदन

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौ ।  सरकारले इजरायलका लागि खुला गरेको आवेदन अन्तर्गत १२ दिनमा करिब चार गुणाभन्दा बढी आवेदन परेको छ ।

एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएको थियो । आवेदन २१ दिनमा सकिने जनाइएको छ ।

वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारका अनुसार इजरायल रोजगारीका लागि १९ हजार ९५ जनाले युजर आइडी बनाएका छन् ।

जसमध्ये कागजपत्र पुर्‍याउने अहिलेसम्म ३ हजार ८०० जना रहेका छन् । आवेदन दिनेमा १ हजार ६५१ जना महिला  र २ हजार १६१ जना रहेको सुनुवारले जानकारी दिए ।

नेपाली श्रमिकका लागि इजरायलमा रोजगारी झण्डै ११ वर्षपछि खुलेको  हो । आकर्षक सेवा सुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि जान रोक लगाइएको थियो ।

रोजगारीमा जान चाहनेले विभागको बेवसाइटमा गएर अनलाइन फाराम भर्न सक्नेछन् । सरकारी संयन्त्रमार्फत कामदार पठाउन भएको सम्झौताअनुसार आवेदन खुल्ला गरिएको हो । 

शाखा प्रमुख सुनुवारका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक नेपाली रुपैयाँ करिब १ लाख ९३ हजार तलब हुन्छ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने छ । 

इजरायलमा ३० प्रतिशत अर्थात् ३०० जना पुरुष र ७० प्रतिशत अर्थात् ७०० जना महिला गरी एक हजार जनाले रोजगारी पाउने प्रमुख सुनुवारले जानकारी दिए ।

सम्झौतासँगै केयर गिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेण्ट, निर्माण लगायतका क्षेत्रमा इजरायलले नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।


कस्तो लाग्यो ?

यो पनि