जेठ ०७, २०८१, सोमबार
               

एयरपोर्टबाट सुनसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियाबाट सुनको ४८ ग्रामको १ थान बालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्‍वर नगरपालिका-५ घर भएका ३१ वर्षीय मुन्दिप भुजेल, पर्सा ठोरी गाउँपालिका-४ स्थायी वतन भएका ३७ वर्षीय कृष्णबहादुर पाख्रिन र सोही ठाउँ बस्ने २८ वर्षीय विनोद लामा छन् ।

दुवईबाट आएका भुजेलले भन्सार उद्‍घोष नगरी उक्त धातुको बाला लुकाई छिपाई लैजाने क्रममा अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियामा पाख्रिन र लामाले भुजेललाई डर त्रास धम्की देखाई उक्त धातुको बाला लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि