मंसिर ०७, २०८१, शुक्रबार
               

एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

नेपाल फ्ल्यास
साउन २३, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । त्यसको लागि पाँच रुपैयाँ शुल्क लाग्नेछ ।

परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने बताएको छ ।

त्यसैगरी नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने ब्यवस्था गरेको बोर्डले जनाएको छ ।

२०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।

कोरोना महामारीका कारण परीक्षा हुन नसकेका कारण यस वर्षपनि विद्यालयले गरेको आन्तकिर मुल्यांकनलाई सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय एकाइले गरेको प्रमानीकरणका आधारमा परीक्षाफल प्रकाशन गरिएको हो ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

 

यो पनि