बैशाख १७, २०८१, सोमबार
               

बहुमूल्य ग्रन्थ भन्दै १४ लाख ठगी गर्ने पक्राउ

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडौं । बौद्ध धर्मको प्राचीन पुरातात्विक बहुमूल्य ग्रन्थ भन्दै करिब १४ लाख ठगी गर्ने दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भइ काठमाडौं माकलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुरको रामप्रसाद गाउँपालिका-७ घर भई काठमाडौं चाबहिल बस्ने ३० वर्षीय रजीन राई छन् । 

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा) ले आरुबारीबाट पक्राउ गरेको हो ।

उनीहरुले पुरातात्विक महत्वको बहुमूल्य ग्रन्थ भन्दै झुक्याई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले उदयपुर चौदण्डिगढी नगरपालिका-८ घर भई हाल काठमाडौं आरुबारी बस्ने हेमप्रकाश मगरलाई प्राचीन पुरातात्विक बौद्ध ग्रन्थको तीन करोड पचासी लाखमा बिक्रि गर्न लागेका थिए । 

३ करोड ८५ लाखमा बेच्ने भन्दै उनलाई प्रलोभनमा पारेर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेका थिए । 

ठगीको उजुरी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । उनीहरुबाट बौद्ध धर्मको ग्रन्थ बरामद भएको छ ।


कस्तो लाग्यो ?

यो पनि