जेठ ०७, २०८१, सोमबार
               

पेस्तोल र बन्दुकसहित १ जना पक्राउ

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

बाँकेकाे नरैनापुर गाउँपालिका-६ दोन्द्रागाँउबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दोन्द्रागाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रासहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । 

हातहतियारको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेकाे सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि