जेठ ०६, २०८१, आइतबार
               

नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

काठमाडाैं । प्रहरीले नागढुंगाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान महानगरीय प्रभाव नागढुंगाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आइरहेको बा ४ ख ४४४७ नम्बरको बसमा सवार सञ्जय लामालाई पक्राउ गरेको हो ।

लामाको साथबाट प्रहरीले केही लागुऔषध बरामद गरेको जनाएको छ ।

लामा उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि