असोज ०६, २०८१, आइतबार
               

पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडाैं । स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले पुससम्म ५ करोड २५ लाख खोप आइपुग्ने बताएका छन् । उनले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउनेसमेत बताएका छन् ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । 

यस्तै, चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । 

यस्तै, आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताए ।  यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताए ।


कस्तो लाग्यो ?

यो पनि