असोज ०६, २०८१, आइतबार
               

आगामी ५ महिनामा झन्डै २ लाख नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

काठमाडाैं । सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् । 

हालसम्म सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । कोभिड १९ संक्रमित हुनेमध्ये ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ ।  

त्यस्तै, साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६ सय १२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि