जेठ ०७, २०८१, सोमबार
               

सिनामंगलबाट एक किलो ८६६ ग्राम सुनसहित तीन जना पक्राउ

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । सिनामंगलबाट प्रहरीले एक किलो ८६६ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भएका २४ वर्षीय प्यार मोहम्मद, २७ वर्षीय साकिर अली र २८ वर्षीय अब्दुल सतार छन् ।

काठमाडौं महानगरपालिका–९ स्थित सिनामंगलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसबाट सिल्भर रंगले पोलिस गरेको सुनसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

गेस्ट हाउसको २०२ नम्बरको कोठामा बसेका भारतीय युवाहरु विदेशबाट भरियामार्फत आएको सुन संकलन गर्ने समूहका सदस्य भएको प्रहरीको अनुसन्धानबाट खुलन आएको छ । 

विदेशबाट सुन कारोबारीले वैदेशिक रोजगारीबाट नेपाल फर्कनेहरूको साथमा पठाएको सिल्भर रंगले पोलिस गरेको सुन उनीहरुले संकलन गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि