जेठ ०६, २०८१, आइतबार
               

गोंगबुमा स्कुटर छाडेर भागेका तीनजना पेस्तोलसहित समातिए

नेपाल फ्ल्यास
साउन २०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रहरीले राजधानीको गोंगबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । 

बुधबार साँझ नयाँ बसपार्कमा रहेको बिजी महल अगाडि चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा तीन जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा लिएर खनतलासी गर्दा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसपार्ककै आरके रेष्टुरेन्टमा प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको हो ।

पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर छन् । 

उनीहरुको साथमा रहेको झोला जाँच गर्ने क्रममा पेस्तोल, पाँच राउन्ड गोली र दुई थान कुखुरी फेला परेको प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट बताए ।

उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि