जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि भीडभाडजन्य कार्य नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दै विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि नगर्न आग्रह गरेका हुन्।
यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीकाे आग्रह छ ।