जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

नेपालमा मनसुनी वायुको प्रभाव रहेको हुँदा प्रदेश-१ का केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि