मंसिर ०१, २०८१, शनिबार
               

दार्चुला घटना : भ्रम सिर्जना हुने सूचना सम्प्रेषण नगर्न गृहको अनुरोध

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

काठमाडौं ।  तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणबारे बुझ्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको भन्दै आवश्यक जाँचबुझ गर्ने काम भइरहेको जनाएको छ ।

उक्त घटना अनुसन्धानकै क्रममा रहेकोले भ्रम सिर्जना हुनेगरी सूचना सम्प्रेषण नगर्न पनि अनुरोध गरेको छ । 

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने सूचना तथा समाचार सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैमा अनुरोध गरेका हुन् । 

दार्चुलाको व्यास गाउँपालिका-२ बाट तुइन प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् ।

उक्त घटनाप्रति दु:ख प्रकट गर्दै मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्यतथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिइ घटनास्थलमा आवश्यक जाँचबुझ गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

टोली फर्किएपश्‍चात् यथार्थ जानकारी प्राप्त हुने पनि प्रवक्ता पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो पनि