जेठ ०६, २०८१, आइतबार
               

दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता नरहेको भारतीय पक्षको जवाफ

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गर्‍यो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले आज एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताइन् ।

“उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्यतथ्य पुष्टि भइनसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्वद्ध सबैमा अनुरोध छ”, विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको वास्तविकता बुझ्न सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी सम्मिलित टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै घटनाको उक्त टोलीबाट जानकारी प्राप्त हुनासाथ त्यसलाई सार्वजनिक गरिने जनाएको छ ।

भारतीय पक्षले भन्यो सएसबीको संलग्नता छैन

महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदैसार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् ।

पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएको बताउँदै दार्चुुलाका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘तुुइन तर्न नसकेर युुवक आफैं खसेका हुुन् । बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’

प्रमुुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए ।

ड्युटी गर्ने क्रममा एसएसबीको टोली त्यहाँ गए पनि घटनामा (एसएसबीको) कुनै संलग्नता नरहेको भारतीय पक्षको दाबी छ ।

यो पनि