असोज ०६, २०८१, आइतबार
               

३ लाख नगदसहित ९ जुवाडे पक्राउ

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई रौतहट प्रहरीले पक्राउ गरेकाे छ । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ बाट उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरुबाट नगद २ लाख ७९ हजार ६९० रुपैयाँसहित पक्राउ गरिएकाे प्रहरी जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि