असोज ०६, २०८१, आइतबार
               

आज थपिए ३ हजार १०६ संक्रमित

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा  थप ३ हजार १०६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,५१९ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५६ हजार नाघेको छ 

२३ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै मृतकको सङ्ख्या ९ हजार ८५७ पुगेको छ।  मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९१६ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि