असोज ०६, २०८१, आइतबार
               

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ पक्राउ

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । 'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण  तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार 'भोजे मामा' लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि  आपराधिक समूह स्थापना र सञ्चालन गरी अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा छ । 

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो ।उक्त सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेती पक्राउ परेसँगै यो घटनामा धेरै जना मुछिएका थिए ।प्रहरीले ६३ जनाविरुद्ध मुद्दा चलाएको थियो । यसका मुख्य अभियुक्त गोरे अहिले पनि जेलमा छन् ।

यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । जुन सुन प्रहरीले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । उक्त घटनामा भण्डारीको पनि संलग्नता रहेको पाइएको थियो । तर, उनी फरार थिए ।


कस्तो लाग्यो ?

यो पनि