असोज ०६, २०८१, आइतबार
               

नक्कली सुन देखाएर नगद ठगी गर्ने ७ जना पक्राउ

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

पोखरा महानगरपालिका-२ मिरुवाबाट सुन भन्दै धातु देखाई नगद ठगी गरेको अभियोगमा ७ जनालाई ६५४ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र ७ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा डेरा गरी बस्नेहरू म्याग्दी रघुगंगा गाउँपालिका-३ राखु घर भएकी ४२ वर्षीया बिमला दमाई, रुपन्देही देबदह नगरपालिका-५ नमुना टोल घर भएका ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घर भएका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप सुकाजोर नगरपालिका-७ बृता घर भएका २३ वर्षीय अनिल भुजेल, सर्लाही बागमती नगरपालिका-१ डापडाँडा घर भएका ४२ वर्षीय ईन्द्र बहादुर बलम पाकी, चितवन टाडी नगरपालिका-२ घर भएका ३४ वर्षीय भुवन बिक र चितवन राप्ती नगरपलिका-९ घर भएका ३५ वर्षीय प्रकाश परियार छन् ।

पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रूपमा काम गर्ने भुवन बिकसमेतका व्यक्तिहरूले सुन भनी धातु बोकी ठगी गर्न हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।

उनीहरुले नक्कली सुन देखाई सक्कली भनेर मानिसहरुलाई झुक्यानमा पारेर बेचबिखन गरी रकम लिई ठगी गर्ने षडयन्त्र एवम् उद्योग गरेको पाइएपश्चात उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ठगी, अपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि