असोज ०६, २०८१, आइतबार
               

हिरासतमै थुनुवाले गरे आत्महत्या

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् ।

लक्ष्मीनिबयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । दास केही दिन अगाडि घरायसी विवादमा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

एसपी भट्टका अनुसार रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि