असोज ०६, २०८१, आइतबार
               

अवैध मालसामानसहित बस र चालक नियन्त्रणमा

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रहरीले काठमाडौंदेखि जुम्ला जान लागेको ६ ख ६३३८ नम्बरको बस सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणका लिएको बताएको छ ।

बससँगै बसमा रहेको ४० लाख २६ हजार ५३३ रुपैयाँ बराबरको अवैध मालसामानसहित सवारी चालकलाई पनि नियन्त्रणका लिइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले पक्राउ परेका व्यक्ति बाँकेको जानकी गाउँपालिका २ खजुराका बर्ष ४१ का दल बहादुर बोहरा रहेको जानकारी दिए ।

घर्तीका अनुसार उक्त बसलाई आवश्यक कारबाहीका लागि लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको  छ । 


कस्तो लाग्यो ?

यो पनि