असोज ०६, २०८१, आइतबार
               

सरकारी स्कारपिओ खाल्डोमा खसेर एकको मृत्यु, पाँच जना घाइते

नेपाल फ्ल्यास
साउन १५, २०७८

ADVERTISEMENT

धनुषा । धनुषामा आज एकाबिहानै एक सरकारी स्कारपिओ खाल्डोमा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको उक्त सरकारी सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान ५ः०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज २००२०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि