असोज ०६, २०८१, आइतबार
               

गाउँपालिका जाने सडक २० दिनपछि खुल्यो

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका जाने मुख्य सडक २० दिनपछि पूर्ण रुपमा सुचारु भएको छ ।

गत असार २४ गते आएको पहिराले अवरुद्ध भएको श्रृङ्गपथ आजबाट पूर्ण रुपमा सञ्चालनमा आएको हो ।  

पहिराका कारण उक्त सडकखण्डको ऋषिङ गाउँपालिका-८ अ‍ैरीभिर पूर्ण रुपमा बन्द थियो ।

पहिरो हटाएर उक्त खण्ड नियमित गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

गाउँपालिका जाने मुख्य सडकखण्ड पहिराले अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । 

“गाउँपालिकाकै पहलमा आजबाट पहिरा हटाई ठूला सवारी साधनसमेत सञ्चालन भइसकेको छ, ठूलो पहिरा भएका कारण पूर्ण रुपमा सुचारु गराउन समय लाग्यो”, दरैले भने । उक्त खण्ड पहिराले अवरुद्ध हुँदा झापुटार हुँदै सर्वसाधारण गाउँपालिकासम्म जानुपर्ने बाध्यता थियो । 

असारमा आएको पहिराले जिल्लाका अधिकांश ग्रामीण भेगका सडक अवरुद्ध भएका थिए ।

अधिकांश स्थानमा पहिरा हटाएर बाटो नियमित भएको छ भने अझै पनि केही ठाउँमा पहिरो हटाउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि