बैशाख २१, २०८१, शुक्रबार
               

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काभ्रे । बनेपा नगरपालिका-१४ खालचौरबाट जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवा खेल्ने/खेलाउने  कार्यमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट सात लाख १५ हजार ३५ रुपैयाँ नगद, नखोलेको तीन बुक तास र खोलेको ११ बुक तास समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा बनेपा-१० जनागालका २८ वर्षीय कृष्ण केसी, बनेपा-११ पाकु टोलका ४४ वर्षीय सुमन अधिकारी, बनेपा-१४ साँगाका ४० वर्षीय गणेश थापा, बनेपा-७ धनेश्वरका ४२ वर्षीय अनिल मुस्याजु, बनेपा-६ का २६ वर्षीय किशोर अधिकारी, धुलिखेल नगरपालिका-१० सारदाबतासेका ३४ वर्षीय छिरिङ लामा, रोशी गाउँपालिका-३ साजाकोटका ३५ वर्षीय पाराङ लामा भन्ने खड्ग सिंह लामा, रोशी गाउँपालिका-३ शिखर आम्बोटेका ३४ वर्षीय हिरा लामा, रोशी गाउँपालिका-१ घर भइ हाल बनेपा-७ बस्ने ३७ वर्षीय चन्द्र लामा स्याङताङ, रोशी गाउँपालिका-३ घर भइ हाल बनेपा-८ बस्ने ३५ वर्षीय थर्कमान लामा र भक्तपुर सुर्यबिनायक-९ का ३४ वर्षीय दिपक बस्नेत रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी अधिकृत प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिश बुढाथोकीसहितको टोलीले तामाङको घरको अण्डर ग्राउण्डको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि