असोज ०६, २०८१, आइतबार
               

देशभर ३८ सय संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ९९३ जना निको भएका छन्।

काठमाडौं उपत्यकामा ८५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा ७ लाख ४६ हजार ६५७ जनामा संक्रमण पुष्टि भएकोमा ६ लाख ४९ हजार ७२ जना संक्रमण मुक्त भएका छन् ।

आज थप ३३ जनाको मृत्यु भएसँगै कूल मृतकाे संख्या ९ हजार ७७१ जना पुगेकाे मन्त्रालयको तथ्यांक छ ।


कस्तो लाग्यो ?

यो पनि