जेठ ०७, २०८१, सोमबार
               

सर्वोच्चबाट डिआइजी श्रेष्ठ फेरि पदमुक्त, अन्तरिम आदेश खारेज

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट सशस्त्र प्रहरीको डिआइजीमा पुनर्वहाली भएका प्रविण श्रेष्ठ पुनः पदमुक्त भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधवार श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्वहालीका लागि दिएको अन्तरिम आदेश खारेज गरिदिएको हो ।

योसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) श्रेष्ठले अवकाश पाएका छन् । 

डिआइजीमा (एक वर्ष) म्याद थप नभएको एक महिनापछि श्रेष्ठ अदालत गएका थिए । उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्वहाली गरेको थियो ।

पुनर्वहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् । सो मुद्दालाई अग्राधिकार दिन समेत आदेश जारी भएको छ ।

यो पनि