असोज ०६, २०८१, आइतबार
               

ग्राण्डी अस्पतालले ‘उत्कृष्ट चिकित्सक’ घोषणा गरेका डाक्टरको प्रमाणपत्र नक्कली

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको ग्रान्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जितले २०७२ मा ‘उत्कृष्ट चिकित्सक’ जितेका थिए । तर, तिनै वेस्ट डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हतकडी लगाएको छ । ललितपुर महानगरपालिका–२ स्थायी घर भएका रञ्जितलाई ब्युरोले आइतबार महाराजगञ्जबाट पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

​चीनबाट एमबीबीएस पास गरेर फर्केका रञ्जित नेपाल मेडिकल काउन्सिलले स्थायी दर्ता प्रमाणपत्रका लागी लिएको परीक्षामा असफल भएका थिए । तर, परीक्षा फेल भएपछि उनले दर्ता प्रमाणपत्र नम्बर–१०८५५ नम्बरको नक्कली प्रमाणपत्र बनाएर रजिस्ट्रारको हस्ताक्षर र छाप लगाएर अस्पतालमा काम गरिरहेका थिए । 

मेडिकल काउन्सिलको सूचनाको आधारमा ब्युरोले मुद्दा दर्ता गरेपछि करिब ५ महिनादेखि उनी फरार भएको केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताए । आफूमाथि अनुसन्धान भएको थाहा पाएपछि उनी ग्राण्डी अस्पतालको जागिर छाडेर एकाएक बेपत्ता भएका थिए । 

ब्युरोले अहिले विजय श्याम रञ्जितविरुद्ध लिखतसम्बन्धी कसुर मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । '


कस्तो लाग्यो ?

यो पनि