प्रहरीले प्रधानमन्त्री र राष्ट्रपतिकाे फोटो दुरुपयोग गरेर टिकटक बनाउने पक्राउ गरेकाे छ । झापाकाे मेचीनगरपालिका-६ बाट सोही स्थान बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेकाे हाे ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका अनुसार उनलाई अनुसन्धानका लागि पक्राउ गरिएकाे हाे । विद्युतीय काराेबार ऐन २०६३ काे कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेकाे छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोकाे टोलीले जिल्ला प्रहरी कार्यालय झापाकाे सहयोगमा पक्राउ गरेकाे हाे ।