बैशाख २६, २०८१, बुधबार
               

दमकमा एकसाता निषेधाज्ञा, बाहिर निस्किन रोक

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'दमक नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस संक्रमण फैलदो क्रममा रहेको हुँदा मिति२०७८ साउन११ गते बिहान ४ बजेदेखि २०७८ साउन १७ गते मध्‍य राति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको सम्‍बन्धित सबैमा हार्दिक अनुरोध छ ।'

यस्तै नगरपालिकाले अनुमति नलिइ अत्यावश्‍यक काक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ भने व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुनेछन् ।

यस्तै नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न समेत सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

यो पनि