बैशाख २५, २०८१, मंगलबार
               

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए चाबी

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

त्यसअघि यातायात व्यवसायीहरूले माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नभए यातायात सञ्चालन गर्न नसकिने बताएका छन् ।

व्यवसायीहरूले यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै व्यवसायीहरुले भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।


कस्तो लाग्यो ?

यो पनि