असोज ०५, २०८१, शनिबार
               

निर्मला पन्त प्रकरण तीन वर्ष पुग्यो, वर्तमान सरकारले न्याय दिनुपर्छ : शर्मा

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्या भएको आज (साउन १० गते) तीन वर्ष पूरा भइसकेको छ, घटनामा संलग्न दोषी अझै पत्ता लाग्न सकेको छैन । 

यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यअघि प्रतिपक्ष रहेको आफ्नो पार्टीको नेतृत्वमा भर्खरै गठित सरकारलाई निर्मलाको न्यायमा ध्यान दिन आग्रह गरेका छन् । 

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आइतबार शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ ।’ 

सर्वोच्च अदालतको फैसलापछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ र गृहमन्त्री पनि कांग्रेस नेता बालकृष्ण खाँण छन् । 

हालै गठित सरकारले अब गहन दायित्व निर्वाह गर्न गम्भीर बन्ने अपेक्षा गरिएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गरेका छन् । 

‘बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो बेहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔं ।’

२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त होमवर्क गर्न भन्दै साथीको घरमा गएकी थिइन् । भोलिपल्ट स्थानीय उखुबारीमा उनी मृत भेटिएकी थिइन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

यो पनि