बैशाख २३, २०८१, आइतबार
               

डडेल्धुराकाे भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

डडेल्धुरा । पहिरोका कारण सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ ।

आलीताल गाउँपालिका-१ को कटानमा शनिबार बिहान करिब ९ बजेतिर सडकमाथिबाट खसेको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र नेपालले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुुटेका सवारीसाधन कटालमै रोकिएको बताए ।

पहिरो पन्छयाउन डोजरको प्रयोग गरिएको भए पनि माथिबाट आउने क्रम नरोकिएपछि समस्या भएको उनले बताए । यसअघि बिहीबार पनि भीमदत्तपन्त राजमार्ग अन्तरगत आलीताल गाउँपालिका-१ मै पहिरो गएको थियो । डोजर प्रयोग गरेर स्थानीय प्रशासनले राजमार्ग खुुलाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि