असोज ०५, २०८१, शनिबार
               

भारतीय नोटसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा चोकबाट भारतीय र अमेरिकी डलरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई भारतीय र अमेरिकन डलरसहित नियन्त्रणमा लिएको हो ।

प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान, र १ को ४ थानसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि