बैशाख १५, २०८१, शनिबार
               

गोली हानी हत्या गरिएका युवक सेनाका हवल्दार

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाडास्थित कुलोमा मृत भेटिएका युवकको पहिचान खुलेको छ । 

मृतक ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको हवल्दार थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले मृतक नेपाली सेनाका महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ रहेको जानकारी दिए ।

मृकतको घर धादिङ नीलकण्ठ नगरपालिका हो । प्रहरीका अनुसार घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ । 

भरतको दाहिने कान र देब्रे कानमा चोट देखिएको छ ।  उनको गोली हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बस्तीबाट करिव तीन सय मिटर पर स्थानीयबासीले घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि