बैशाख १३, २०८१, बिहीबार
               

भरतपुरमा गोली हानी युवकको हत्या !

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

चितवन । भरतपुरमा गोली हानी एक जनाको हत्या भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १७ स्थित बनगाई डेरी चोक नजिकै पुलमा गोली हानी हत्या गरिएको अवस्थामा शव भेटिएको हो । 

डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोको बीचमा रहेको घोल (पुल) मा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो ।

मृतकको पहिचान भएको छैन । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा एक थान गोलीको खोका भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि