बैशाख १४, २०८१, शुक्रबार
               

आज २ हजार ७१४ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् । हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। 

 गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ। 


कस्तो लाग्यो ?

यो पनि