बैशाख १५, २०८१, शनिबार
               

चक्रपथमा यातायात व्यवसायीको आन्दोलन, ट्राफिक अस्तव्यस्त

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।

व्यवसायीहरुले आज (बिहीबार) बिहान आ-आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ ।

यातायात व्यवसायीले सवारी साधनसहित विरोध प्रदर्शन गर्दा काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।

कार्यालय समयमा यातायात व्यवसायीले आ-आफ्ना साधनसहित र्‍याली निकालेका कारण ट्राफिक व्यवस्थामा समस्या आएको हो । व्यवसायीले साना तथा ठूला सवारी साधन चक्रपथमा निकालेका छन् ।

१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायी विरोधमा छन् । 

त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग व्यवसायीले राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि