असोज ०५, २०८१, शनिबार
               

बाघको छालासहित दुई पक्राउ

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए । 

अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा  पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च  लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई  पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि