असोज ०५, २०८१, शनिबार
               

आज १ हजार ८०१ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

नेपालमा आज थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुनेदर ९४.७ प्रतिशत छ ।

देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ९ हजार ५५० जना पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि