बैशाख २५, २०८१, मंगलबार
               

नेपाल प्रहरी जवान पदका लागि लिखित परीक्षा दिएका ७,३२४ जना उत्तीर्ण

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएकारमध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।  २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । 

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ। 

त्यसका लागि प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय, महाराजगन्जमा परीक्षा केन्द्र तोकिएको छ। 


कस्तो लाग्यो ?

यो पनि