बैशाख २०, २०८१, बिहीबार
               

उमादेवी वादीलाई १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ ।  मानव अधिकार तथा सामाजिक न्यायका लागि वादीले गरेको उल्लेखनीय योगदानका लागि  समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

आगामी मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार राशि रहेको सो पुरस्कार हस्तान्तरण गरिने समाजले जनाएको छ । 

२०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।

विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीको १०औं स्थानमा राखेको थियो ।

वादी हाल सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि