बैशाख २३, २०८१, आइतबार
               

कपिलवस्तुको कृष्णनगर बजार डुबानमा

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

कपिलवस्तु । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ ।

जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ ।

ढल निकास निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा १ करोड बजेट राख्ने नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिएका छन् । शुरूको तीन वर्षमा सडक विभागले हामी बनाउँछौ भनेकोले नगरपालिकाले त्यता ध्यान पुर्‍याउन नसकेको र आउने आर्थिक वर्षमा शिवबिडी फ्याक्ट्रीदेखि सिनेमा हल हुँदै सेमरासम्म २ मिटर चौडाइ रहने गरी ढल निकास बनाउन १ करोड बजेट छुट्टयाउने नगर प्रमुख शाहले बताएका छन् ।

यता स्थानीयले भने नगर प्रमुखले चुनाव जितेको दिन गरेको वाचा चार वर्ष बितिसक्दा पनि पूरा नगरेको गुनासो गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि