बैशाख २३, २०८१, आइतबार
               

बनेपा बजारमा गाडी डुबाउने भल

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

काठमाडौं । काभ्रेको बनेपा बजारमा गाडी डुबाउने भल बग्न थालेको छ । बजारमै गाडी डुबाउने भल बग्दा स्थानीय मर्कामा परेका छन् ।

जिल्लाको पुण्यमाता खोलाको बाढीले हरेक वर्ष त्यहाँको सडक डुबानमा पार्दछ । शुक्रबार बिहान पनि साना गाडी डुबाउने खालको भल बगेको छ ।

भलले आधा घण्टा जति अवरुद्ध भएको सडक अहिले भने खुलिसकेको काभ्रे प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

त्यहाँ सडक होचो भएकाले वर्षायाममा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । एसपी खत्रीले भने, ‘यो सधैंको समस्या हो, सडक अलि माथि नउठाएसम्म यस्तो समस्या आइरहन्छ ।’


कस्तो लाग्यो ?

यो पनि