बैशाख २६, २०८१, बुधबार
               

डीआईजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीका डिआईजी सहकुल थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सिर्जना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । 

गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो ।

सोमबार बेलुका गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफासि गरेको थियो । नेपाल प्रहरीमा प्रशासनतर्फ ४ एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।


कस्तो लाग्यो ?

यो पनि