बैशाख २३, २०८१, आइतबार
               

चितवनको माडीमा बाढी पस्दा बस्ती डुबानमा

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

चितवन । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाले बाढी आउँदा नजिकका बस्तीमा डुबान हुन थालेको छ ।

बाढीले रौतने खोला छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । त्यहाँका घरहरूमा पानी पस्न थालेको छ ।

माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । माडी नगरपालिका-७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको छ । मगई खोलाले बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन् । खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ । अहिले पनि पानी परिरहेको स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि