बैशाख २०, २०८१, बिहीबार
               

रुकुम पश्चिमका विकट गाउँमा हिन्दु स्वयंसेवक संघको सहयोग

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

हिन्दु स्वयंसेवक संघले हिमाली जिल्ला डोल्पासँग जोडिएका रुकुम पश्चिमको छिमी र मन्का गाउँमा खाद्यान्न सहयोग गरेको छ ।

संघले १३५ घरलाई खाद्यान्न वितरण गरेको हो । आठविसकोट नगरपालिका वडा नम्बर ६ मा पर्ने छिमीका लागि त्रिवेणी र मन्काका लागि मन्काबगरमा सहयोग वितरण गरिएको हो ।

आठविसकोट नगरपालिकाका मन्दिर र वृद्धाश्रम गरेर १३५ घरलाई खाद्य सामग्री हस्तान्तरण गरिएको संघले जनाएको छ । 

प्रत्येक घरलाई चामल २५ किलो, दाल १ किलो, तेल १ लिटर, आयो नुन १ किलो र चिया पति १०० ग्राम वितरण गरिएको थियो ।

चार दिनको कठिन यात्रापछि हिन्दु स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू डोल्पा जिल्लाको सीमानजिकै पश्चिम रुकुमको दुर्गम आठविसकोट नगरपालिका ६ का गाउँहरू छिमी र मनका पुगेका थिए ।

सामान ढुवानीका क्रममा दुई स्थानमा सामान झारी भरियालाई बोकाएर निर्धारित गाउँसम्म खाद्यान्न पुर्‍याइएको थियो । सामान पुर्‍याउन तथा त्यहाँ वितरणका निम्ति व्यवस्था मिलाउन अमृत बोहरा, धीरेन्द्र बटाला र कमल साहप्रति संघले आभार प्रकट गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि