बैशाख २३, २०८१, आइतबार
               

वैशाखयता मात्रै १८ पुल भत्किए

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । २०७८ वैशाखयता मात्रै १८ वटा पुल भत्किएका छन् । बर्षा लागेसँगै  निर्माणाधीन र निर्माण सकिएर सञ्चालनमा रहेका पुलहरु  भाँचिने र बगाउने क्रम उच्च दरमा बढेको छ । तर, यसको जिम्मेवारी लिनुभन्दा पनि सरकार र ठेकेदारहरु बाढी र खोलालाई नै दोष दिएर पन्छिने गरेका छन् ।

सवारी चलिरहेका पुलको सुरक्षामा गम्भीर नदेखिएको सरकार पछिल्लो सयममा पुल निर्माणका क्रममा हुने लापरवाही र गुणस्तरहीन काममा पनि मुकदर्शक बनिरहेको छ । पुल भत्किँदा न निर्माण व्यवसायीले आफ्नो कमजोरी स्वीकारेका छन्, न सरकारले दोषी ठहर गरेर कारवाही गर्न कुनै कदम चालेको छ ।

पुल निर्माणमा भइरहेको यस्तो लापरबाही र बनेका पुलको असुरक्षाका पक्षलाई बेलैमा सम्बोधन नगर्दा वैशाखयता मात्रै १८ वटा पुलहरु क्षतिग्रस्त भएका छन् । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालकाअनुसार १८ मध्ये १४ वटा सडक विभागसम्बद्ध पुल छन् भने ४ वटा प्रदेश, स्थानीय तह र अन्य विभागले बनाएका पुल हुन् ।

यी पुल भत्किँदा करिब १ अर्ब २५ करोड नोक्सान भएको छ ।


कस्तो लाग्यो ?

यो पनि