जेठ ०५, २०८१, शनिबार
               

निरन्तरको वर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुबानमा

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

सुनसरी / रौतहट । निरन्तरको वर्षाका कारण सुनसरी र राैतहट जिल्ला डुबानमा परेका छन् । निरन्तरको वर्षाले सुनसरी र रौतहटको अधिका‌‌श भुभाग जलमग्न भएपछि डुबानमा परेका हुन ।

लगातारको बर्षाको कारण रौतहटको गौर, चन्द्रपुर लगायत १८ वटै स्थानीयतहको अधिकांश भाग डुवानमा परेका छन् । प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया वस्तुको समेत बिजोग भएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ र ५ मा रहेको मुस्लिम बस्ति पुरै डुवानमा परेको छ ।

पानीको निकास बन्द नहुदा चन्द्रपुर नगरपालिकाको मुख्य सडक बाटनै नदि झै पानी बगेको छ । सडक क्षेत्रको नालीको सरसफाइ नगरिँदा बर्षा हुँदा बस्तिनै डुवानमा पर्दै आएको छ । त्यस्तै, लगातारको वर्षातका कारण सुनसरीको अधिकांश स्थान डुवानमा परेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, भोक्राहा नर्सिङ गाउँपालिकाका दर्जनौ बस्ती डुवानमा परेको छ । बस्तीको पानी खोलामा निकास नभएका कारण सयौ घरपरिवार डुबानमा परेका छन् ।

सुनसरीका हालसम्म १७ घरपरिवार वाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । उनले सर्वसाधारणको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली सेजा, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि