बैशाख २१, २०८१, शुक्रबार
               

रूपा सुनारको चरित्र हत्या गर्ने ६ वटा वेबसाइट बन्द

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

सञ्चारकर्मी रूपा सुनारको चरित्र हत्या गरेको र अफवाह फैलाउने किसिमको सामग्री प्रकाशन गरेको भन्दै केही अनलाइन वेभसाइट बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिल नेपालले पत्राचार गरेको छ। 

६ वटा अनलाइन नेपालभित्र खुल्न नसक्ने बनाउन काउन्सिलले प्राधिकरणलाई पत्र पठाएको हो । ती अनलाइनमा कालापानीपोष्ट डटकम, मिडिया२०पोष्ट डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, आजकोनयाँ डटकम, साझामिडिया डटकम र खबरमाला डटकम छन्।

अनुगमनबाट ती ६ वटै वेबपोर्टल नियमानुसार दर्ता भएको काउन्सिलको अभिलेखमा देखिन नआएकोले नेपालभित्र प्रकाशन–प्रशारण हुन नसक्ने व्यवस्था मिलाइदिन प्राधिकरणलाई पत्राचार गरेको हो।


कस्तो लाग्यो ?

यो पनि